शिबजी मण्डेल बझाङ : हरेक वर्ष बझाङमा लाग्ने सुर्मा देवी प्रसिद्ध बिरि जात मेला सुरु भएको छ । सदाको बर्षझै यो वर्ष पनि श्रावण महिनाको औंसी बाट सुरु हुने सुर्मा देवि प्रसिद्ध बिरी जात मेला आज साउन २४ गते आइतबारदेखि सुरु भएको हो ।
हरेक वर्ष साउन महिनाको औंसी देखि पूर्णिमा सम्म बिरीजात मेला लाग्ने गर्दछ ।
सुर्मा देवी विरिजात धार्मिक मेलाको समयमा सुर्मा देवी भगवती माताको लामोसमयसम्म पूजा आराधना गरि मनाउने परम्परा रहेको छबिस पाथिभेरा गाउँपालिका वडा नं ७ का स्थानीय कलक बहादुर मण्डेलले बताएका छन् ।
कसरी सुरु हुन्छ सुर्मा देवी बिरिजात मेला ?
साउन महिनाको औंसीका दिन सुर्मा देवीका आलिपालिका गाउँका सबै करियाहरू धामीझाँक्री नाइक जाग्री पुजारी सुर्मा देवीको मन्दिरमा जाने गर्दछन् , मन्दिरमा गएर पूजापाठ गर्ने धामीझाँक्री काप्ने परम्परागत चलन रहेको छ । मन्दिरमा गई पूजाआराधना गरिसकेपछि बाँधा सुरु भएको मान्ने प्रचलन रहेको छबिस पाथिभेरा गाउँपालिका ७ घट्टेका सर्मा देवीका पुजारी हाँसे मण्डेल बताउनु भयो ।

बाँधा सुरुभएपछि १० दिनसम्म तिर्थालु भक्तजनहरू त्यहाँ रहेका सुर्मा देवी मन्दिरमा पूजाआराधना गरि बाँधा मान्ने गर्दछन् । बाँधा मानिएको समयमा साँझ पख दैपाण भनिने देउघरमा गाउँका सबै जम्मा हुने ढाँका नाच नाच्ने ढुस्का गीतहरू गाउने तथा धामीझाँक्री काप्ने गर्दछन् ।
सुर्मा देवी बिरिजात मेला एक वर्ष सानो बिराइ र एक वर्ष ठुलो बिराइ मानिने गरेको छ । सानो बिराइमा सुर्मा सरोवर मान्छे कम जाने गरेको स्थानीयहरूले बताएका छन् । भने ठूलो बिराइमा कहिले सुर्मा सरोवर नगएकाहरू बालबिर जाने गरेको पाइएको छ । बाँधा सुरु भएयता पाँच बाँधा भइसकेपछि बालबिर जानेहरूले शुद्ध रहने व्रत बस्ने सुर्मा देवीको पूजाआराधाना गर्ने चलन रहिआएको छ । यो वर्ष ठूलो बिराइ परेको र बालबिर जाने बिराइ रहेको धौँलपुरा देवताका धामी सुवास मण्डेलले बताएकाछन् ।

१० दिन बाँधा मानिसकेपछि एकदासिका दिन उबासु पर्व माग्ने गरेका छन् । उबासुका दिन बिहानै उठेर स्नान गर्ने त्यसपछि मिठा मिठा खाने परिकारहरू पकाउने गरेको स्थानीय राजन मण्डेलले बताउनुभयो । उनका अनुसार उबासुका दिन करियाहरू सबै सुर्मा देवीको मन्दिर जाने पूजाआराधाना गर्ने र सुर्मा सरोवर जानेलाई धामीझाँक्री कापेर बोलाउने परम्परागत चलन रहेको छ । त्यसपछि घर फर्किने र बिहान पकाएको परिकारहरू खाने गरेका छन् ।
त्यसपछि भोलिपल्ट बिहानै उठेर सुर्मा सरोवर जाने तीर्थालु भक्तजनहरू सुर्मा देवीको मन्दिरमा गई पूजाआराधना गरेर सुर्मा सरोवरको यात्रा शुभारम्भ हुने छबिस पाथिभेरा गाउँपालिका ७ खोरीका स्थानीय मकर बोहराले बताउनुभयो ।
बाँधामा के के बाँधा मानिन्छ ?
जगतकि माइ भगवती माता सुर्मा देवी छिपिलि भएकाले बाँधा सुरु भएयता जाँड रक्सी नखाने माछा मासु लसुन नखाने चोखो न्युतो शुद्ध रहने तथा छाउछुत नगर्ने व्रत बस्ने चलन रहेको छ । पहिला पहिला बाँधा मानिएको समयमा खालि खुट्टा हिँड्ने अर्को ठाउँको मान्छे गाउँमा प्रवेश गर्न नदिने भएपनि अहिल्यै त्यस्तो नभएको स्थानीयहरू बताउछन् , यदि अशुद्ध भए नराम्रो हुने दुःख कष्ट पाउने जनविश्वास रहेको पाइएको छ ।
किन जान्छन् सुर्मा सरोवर ?
बझाङ जिल्लाकै एक धार्मिक तथा पर्यटकीय प्रसिद्ध स्थल सुर्मा सरोवर ताल समुन्द्री सतहबाट करिब १४ हजार फिटको उचाइमा रहेको छ । यहाँ तिर्थालु भक्तजनहरू गएर स्नान गरेभने सुर्मा देवी भगवती माताले मनकामना चिताएको इच्छा पूरा हुने निसन्तान लाई सन्तान प्राप्ति हुने आफूले गरेको पाप हट्ने खुसी मिल्ने जनविश्वास रहि आएको छविस पाथिभेरा गाउँपालिका ७ का सुरेश मण्डेलले बताउनुभयो ।
सुर्मा देवी भगवती माताको उत्पति कहाँबाट भयो ? र कसरी गइन् सर्मा सरोवर ?
सर्मा देवीको उत्पत्ति दुर्गाथलि गाउँपालिका स्थितित थलिजिउलामा रहेको दुर्गा भगवती मन्दिरबाट भएको जनविश्वास रहेको छ । पैराणिक कथा अनुसार थलि मन्दिरमा जेठी दुर्गा देवी र कान्छी सुर्मा देवी दुई वटै बहिनी श्रीमती सँग भगवान माहालिंग बस्दथे ।
माहालिङ्ग भगवान लाई कुष्ट रोग लागेपछि रोग निको पार्न लसुन पिसेर लगाउने सल्लाह अनुसार जेठी बहिनी दुर्गा देवीले कान्छी बहिनी सुर्मा देवीलाई लसुन पिस्न आग्रह गरिन सुर्मा देवीले नाखथुनेर लसुन पिस्न थालेपछि दुर्गा देवीले त्यतिकि छिपिलि भए सुर्मा सरोवर बस भनेको बचन सहन नसकि सुर्मा देवीले थार भनिने जंगली जनावरको भेषमा बुडखोरीमा रहेको सुर्मा मन्दिरमा गएर बसिन ।
जंगली जनावरको भेषमा रहेकी सर्मा देवीले खोरी र घट्टे गाउँका बासिन्दाले घाममा सुकाउदै गरेको अन्न बाली बिस्कुन चोरेर खान थालिन् । सर्मा देवीले दिनहुँ बिस्कुन खानथालेपछि खोरी घट्टे गाउँकि महिलाहरूले श्रीमानलाई सिकार गर्न भनिन् । त्यसपछि पुरुषले तिखा हतियार भालाले थारलाई लखेट्दै जाँदा अन्तमा सुर्मा सरोवर तालमा पुगेर सुर्मा देवीको औंतार भएको भन्ने जनविश्वास रहेको छ ।
स्थानीय तहको भनाइ ।
महामारी रोग कोभिड- १९ कोरोना भाइरस अझै कायमै रहेको र जिल्लामा निषेधाज्ञा जारी रहेकाले धार्मिक तथा प्रसिद्ध , सुर्मा देवी बिरीजात मेलामा धेरै ठाउँबाट हजारौं स्थानीय तिर्थालु भक्तजन सुर्मा गाउँपालिका थकुन्नाडा पाङर चडि सुर्मा देवीको मन्दिरमा जम्मा हुने भएतापनि अहिले कोरोना भाइरसले विकराल रुप लिएकाला विशेष गरि करियाहरूले मात्रै मेलामा आएर पूजाआराधना गरि भिडभाड नगरि मेला मनाउन आग्रह गरिने सुर्मा गाउँपालिकाले जनाएको छ ।

धार्मिक तथा प्रसिद्ध सुर्मा देवी बिरीजात मेलाको अवसरपारि अघिल्ला वर्षहरूमा विभिन्न कार्यक्रम खेलकुल गर्दै आएपनि अहिले कोरोनाका कारण नगरिने पनि सुर्मा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पूर्ण बोहराले बताएका छन् ।
यस्तै छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा पनि अघिल्ला वर्षहरूमा भव्यरुपमा मनाइने बिरीजात मेला पोहोरको वर्षझै पूजापाठ गरेमात्र मनाइने वडा अध्यक्ष पदम बहादुर मण्डेलको भनाई छ ।


1667 पटक हेरिएको 









