साइपालका एक वडाध्यक्षद्वारा विद्यार्थी र शिक्षकलाई पोषाक वितरण

  सुनिल मण्डेल  1094 पटक हेरिएको

सुनिल मण्डेल बझाङ  : जिल्लाको साइपाल गाउँपालिकाका एक वडाध्यक्षले विद्यार्थी र शिक्षकलाई विद्यालय पोषाक वितरण गरेका छन् । पालिकाको ३ नम्बर वडामा रहेको काँडा माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई सोही वडाका वडाध्यक्ष जंगबीर बोहराले आफ्नो पारीश्रामीकबाट पोषाक वितरण गरेका हुन् ।

स्वास्थ्य शुरक्षाका मापदण्ड अपनाई शुक्रबार एक कार्यक्रमका बीच काँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक उज्जल बोहराको सभापतीत्वमा उक्त विद्यालयका ११६ जना छात्र, १२९ जना छात्रा गरी जम्मा २४५ विद्यार्थी र १६ जना शिक्षकहरुलाई पोषाक वितरण गरीएको बताइएको छ । वडा अध्यक्ष बोहराले विद्यालयका शिक्षक कर्मचारी र विद्यार्थीहरुलाई झण्डै ३ लाख रुपैयाँ बराबरको पोषाक वितरण गरेको प्रधानाध्यापक बोहराले जानकारी दिए ।

शिक्षक सँगै विद्यार्थीहरुले नयाँ लुगा पाएपछि खुसी भएका छन् । यद्धपी विद्यालयमा पठनपाठन भने बन्द छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै सरकारले निषेधाज्ञा जारी गरेको थियो । सरकारले निषेधाज्ञा जारीगरे यता देशभर भौतीक रुपमा सहभागी भएर विद्यालयमै पठन पाठन हुन सकेको छैन ।

सहर र इन्टरनेटको पहुँच भएको ठाउँमा भर्चुअल माध्यमद्वारा कक्षा सञ्चालन भइरहेका भएपनि विकट ठाउँमा भने लामो समयदेखि पठन पाठन हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार