दुर्गमको सह – महामन्त्रीको बिकल्पमा प्रदेश सभापतीको उम्मेदवारी दिने – पुर्व मन्त्री सिहं

  खप्तड समाचारदाता  513 पटक हेरिएको

बझाङ । नेपाली काग्रेसको १४ औ महाधिबेसन नजिकीदै गएपछि काग्रेस नेताहरु आ आफ्नो तयारीमा जुटेका छन् । महाधिबेसन नजिकीए संगै काग्रेस नेताहरु जिल्ला तह देखि केन्द्रय तह सम्म लबि·ा लागी रहेको हुन । नेपाली कांग्रेसका नेता तथा पुर्व परराष्ट्र राज्य मन्त्री अर्जुनजगं बहादुर सिंहले आफुले आसन्न १४ औ महाधिबेसनमा दुर्गम क्षेत्रको सह महामन्त्रीका लागी आफुले तयारी गरि रहेको बताउनुभएको छ । नेपाली काग्रेसका शभापती शेर बहादुर देउवा निकट रहेका नेता सिंहले आफुलाई पार्टीले न्याय गर्नेमा बिश्वस्त रहेको बताई रहेका छन् । दक्षिण कोरियाका पुर्व राजदुत समेत रहेका सिंहले पार्टीले दुर्गम क्षेत्रको सह महामन्त्री बनाउने र यदी त्यसो पनि नभएमा सुदुरपश्चिम प्रदेशको सभापतीमा आफ्नो उम्मेदवारी रहेको समेत उहाँले खप्तड आवाज संगको संक्षिप्त कुरा कानीमा बताउनुभयो । सरल , मिलनसार र मिजासिलो स्वाभाब भएका नेता सिंह बझाङ जिल्लाको जनप्रिय नेता भित्र पर्छन् । जिवनको उर्जाशिल समय समेत काग्रेसका राजनितीमा खर्चेका नेता सिंह बहुदल स्थापना देखि नेपालमा भएका बिभिन्न लोकतान्त्रिक आन्दोलनमा समेत जेल , नेल तथा यातना भोगेका नेता भित्र पर्छन ।
को हुन अर्जुनजगं बहादुर सिंह
बझाङमा जन्मीनु भएका सिंह खप्तड छान्ना गाउँपालिका १ पौवा गडीका स्थायी बासिन्दा हुन् । बिद्यार्थी जिवन देखि नेबिसंघमा काम गर्दै आउनु भएका नेता सिंह बझाङमा कार्यत्रर्ताहरुका बिचमा लोकप्रिय मानिन्छन् । राजनितीलाई सधै निष्ठाका रुपमा लिदै आएका सिंह बिद्यार्थी जिवन देखि नै नेबिसंघबाट राजनिती प्रारम्भ गर्नु भएको थियो । नेबिसंघको जिल्ला अध्यक्ष हुदै केन्द्रिय सदस्य हुदै २०३८ सालमा नेबिसंघको केन्द्रीय उपाध्यक्ष समेत बन्नुभएको थियो । बझाङको राज खलकमा जन्मीए पनि उहाँ जिवनका भर आफ्नो महत्वपुर्ण समय पञ्चायत बिरोधी आन्दोलन , २०४६ सालको जनआन्दोलन , २०६२ ÷०६३को जनआन्दोलन लगाएका बिभिन्न लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा उभिनु भएकाका सालिन नेताका रुपमा परिचित हुनुहुन्छ । २०४६ सालको बहुदल स्थापना भएपछि भएको पहिलो निर्वाचनमा नेता सिंह बझाङको क्षेत्र न १ बाट भारि मतमा साथ बिजयी हुनुभएको थियो । त्यसै गरि २०५६ सालको आम निर्वाचनमा समेत निर्वाचित भई साहायक मन्त्री हुदै परराष्ट्र राज्य मन्त्री समेत बन्नुभएको थियो । देशमा माओबादी जनयुद्धले चरमरुप लिएपछि नेता सिंहले जनअपेक्षा अनुसार काम गर्ने अबसर समेत गुमाउनु परेको थियो । त्यसै गरि नेता सिंहले २०६४ साल र २०७० सालमा समेत चुनाव लडेपनि झिनो मतले पराजित हुनुभएको थियो । कार्यक्रर्ताका बिचमा लोकप्रिय मानिने नेता सिहंले १३ औ महाधिबेसनमा समेत केन्द्रिय सदस्यमा झिनो मतले पराजित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार