बझाङ : युनाइटेड मिस्न टु नेपाल र एकीकृत विकास मञ्च बझाङले जिल्लाको मष्टा गाउँपालिकामा राहत वितरण गरिएको छ ।
मष्टा गाउँपालिका वडा नं ३ का २२ जना , २ का २१, जना र ४ नं का २४ जना गरि जम्मा ६७ जना लाई राहत सामग्री वितरण गरिएको हो ।
बिहिवार एक कार्यक्रमका बिच गाउँपालिकाका अपाङ्ग, अति बिपन्न, एकल महिला र जेष्ठनागरिक लाई अति आवश्यक दैनिक उपभोग्य सामाग्रीहरु प्रत्येक ब्यक्ति लाई २५ केजि चामल ,३ केजि दाल, २ केजि चिनी, २ केजि नुन, २ लिटर तेल, २ वटा नुहाउने साबुन र २ वटा लुगा धुने साबुन गरि प्रती ब्यक्ति रु. २,६८५ बराबरको सामग्री बितरण गरिएको बताईएको छ ।
मस्टा गाउँपालिकाका ३ वटै वडामा गरि जम्मा १ लाख ७९ हजार ८९५ बराबरको राहत सामग्री बितरण गरिएको बताईएको छ । थोरै भएपनी राहत पाउँदा स्थानीयले भने खुसी ब्यक्त गरेका छन् ।
यस्तै उक्त कार्यक्रममा मष्टा गाउँपालिका उपाध्यक्ष भगवती बोहरा, वडा अध्यक्ष टेक बहादुर कठायत युनाइटेड मिसन टु नेपाल परयोजना ब्यबस्थापक रामशरण श्रेष्ठ ,संचारकर्मी र सुरक्षाकर्मिको उपस्थिति रहेको थियो ।


1247 पटक हेरिएको 









