समीर कडायत बझाङ : विश्वभर कोरोना भाईरसको दोस्रो लहर भयावह रुपमा फैलिरका बेला बझाङ जिल्लामा भने ठुला ठुला खेलहरु संचालन हुँदै छन् । नेपाल सरकारले ठूलो संख्यामा मान्छेहरू भेला नहुने, भनिएको भएता पनि जिल्लामा सयौं मान्छेहरूको बाक्लो उपस्थितिमा खेलहरु संचालन हुँदै छन् । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका वडा नं.२ मुम्ला को रजन्तलामा हिजो बिहान देखि किर्केट संचालन भएको हो !
उक्त कार्यक्रममा विभिन्न ठाउँबाट खेलाडी लगायत दर्शकहरूको बाक्लो उपस्थिति रहेको बताईएको छ ! स्थानीयका अनुसार कार्यक्रममा लगभग दुई/ढाई सय मान्छेहरुको हाराहारीमा सहभागिता रहेको थियो ।
स्थानियहरु भन्छन् “गाउँमा किर्केट लगायतका अन्य खेलहरु संचलन हुन्छन् , कोरोना भाईरस दिनप्रतिदिन फैलिंदैछ, गाउँमा रुघाखोकीका बिरामीहरु पनि उत्तिकै थिए, फेरि सयौं मान्छेको भिडभाड भएपछि कोरोनाको उच्च जोखिम बढेको छ !
तर उता गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशी भन्नुहुन्छ “त्यस बिषयमा हामिलाई कुनै जानकारी भएन, किर्केट संचालन गर्नेलाई छिटै कार्बाहिको दायरामा ल्याउने बताउनु भयो ।।


961 पटक हेरिएको 









