वल्ड भिजनद्धारा २२ लाख ६४ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

  खप्तड समाचारदाता  1084 पटक हेरिएको

बझाङ । वल्र्ड भिजनको आर्थिक सहयोगमा प्रगतीशिल युवा समाजले २२ लाख ६४ हजार बरावरको स्वास्थ्य सामाग्री जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रममा बिच राहत सामाग्री प्रगतीशिल युवा समाजका अध्यक्ष रमेश केसीले जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी महोन अधिकारी लाई हस्तान्तरण गरिएको हो ।
राहत सामाग्रीहरुमा ७० थान अक्सीजन सिलिण्डर, , पल्स ओक्सिमिटर ७० थान, थर्मल टेम्प्रेचर गन ७० थान, पिपिई सेट ७० थान, स्निटाईजर ५ लिटर,सर्जिकल माक्स ६ प्याकेट एन ९५ माक्स ३६ थान,ह्याण्ड वास सप ६ थान गरि २२ लाख ६४ हजार७२७ रुपयाँ बराबरको सामाग्री बितरण गरिएको छ । स्वास्थ्य सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी महोन अधिकारीले कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन फैलि रहेका बेला यसरी गैरसरकारी संस्थाबाट सहयोग भएपछि राहत ठुलो राहत मिलेको बताउनुभयो । उहाँले यस्तो महामारीको समयमा यती घेरै मात्रामा समान दिएकोमा बल्र्ड भिजन तथा प्रगतीशिल युवा समाजलाई धन्यबार समेत दिनुभयो । प्रगतीशिल युवा समाजका अध्यक्ष रमेश केशीले जिल्लामा फैलदै गई रहेको कोरोनाको संक्रमणलाई रोक्न केही हद सम्म राहत मिल्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार