बझाङ । करेन्ट लागेर बझाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको वित्थडचिर गाउँपालिका–१ का अन्दाजी २७ वर्षका भरत बोहराको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक कमल चौधरीले जानकारी दिए ।
जयपृथ्वी नगरपालिका ९ देवलमा निर्माण भइरहेको बालआश्रममा काम गर्दा उनलाई करेन्ट लागेको बताइएको छ । जिल्ला अस्पताल सिमखेतमा उपचारको लागी लैजादै गर्दा बीच बाटोमै उनको मृत्यु भएको हो । उनको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल सिमखेतमा राखिएको छ ।


479 पटक हेरिएको 









