कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था जटिल , जिवन रक्षाको अपिल

शुभचिन्तक र साथी भाईहरुबाट सहयोग जुट्दै

  खप्तड समाचारदाता  3033 पटक हेरिएको

बझाङ । भारतको गुड गाउँ स्थित मेदान्त हस्पीटलमा उपचार गराई रहेका नेपाली कांगे्रस बझाङका पुर्व पार्टी सभापती सत्यराज भण्डारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँका शुभ चिन्तकहरुले जिवन रक्षाका लागी सहयोगको अपील गरेका छन् । शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका भण्डारीलाई कलेजोबाट पित्त थैलीमा जाने पाईपमा टियुमर भएपछि थप उपचारका लागी भारतको मेदान्त हस्पीटलमा लगिएको थियो ।
नेता भण्डारीको थप उपचारका लागी मंहगो अप्रेसन गर्नुपर्ने भएपछि भण्डारीको जिवन रक्षाका लागी उहाँका शुभचिन्तकहरुबाट आर्थीक सहयोगको अपिल समेत गरिएको छ । भण्डारीको स्वास्थ्य उपचारका लागी सामाजिक संञ्जाल फेसबुक, फोन सम्र्पक मार्पmत अभियान संञ्चालन गरि रहनु भएका कांग्रेस नेता केशबराज जोशीले भन्नुभयो, भण्डारी जस्ता सालिन भद्र नेतालाई यस्तो संकटको बेला भएकाले आर्थीक संकलन अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले भण्डारीको जटिल खालको अप्रेसन गर्नुपर्ने भएकाले २० देखि ३० लाख भारु रकम आबस्यक परेकाले यस्तो परिस्थीतीमा सक्दो सहयोग गर्नु सबैमा अपिल समेत गर्नुभयो ।
कोरोना भाईरसको समेत संक्रमण झेलि रहेका भण्डारीलाई हाल भने कोरोना नेगेटिभ आए पनि स्वास्थ्य अबस्था भने कमजोर रहेको बताइएको छ । त्यो संगै मुटुमा समेत समस्या देखिए पछि टिउमरको अप्रेसनमा ढिलाई भएको नेता भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “म अहिले जटिल अवस्थामा छु , हाल मुटुको औसधी र डाक्टरको सल्लाह अनुसार प्रोटिन बढाउने खानेकुरा खाई रहेको छु । साहेद एक हप्ता भित्र अप्रेसन हुन्छ ।”
लामो समय देखि नेपाली काग्रेसको राजनितीमा सकृय रहनु भएका नेता भण्डारी बझाङ जिल्लाको जनप्रिय नेता हुन् । पटक पटक नेपाली काग्रेसको महाधिबेसन प्रतिनिधी,महासमिती सदस्य ,पाटीको जिल्ला सभापती समेत भई सक्नु भएका नेता भण्डारी २०६४ सालको संबिधान सभाको निर्वाचनमा बझाङको क्षेत्र न.ं २बाट नेपाली कांगेसबाट उम्मेदवार समेत बन्नुभएको थियो । काठमाडौ रहदा होस या बझाङमा रहदा पनि उहाँले सामान्य कार्यक्रर्ता देखि बझाङको जनताका काम तथा शुख दुखमा सहयोग गर्दै आउनुभएको थियो ।
भण्डारी बचाउ अभियानमा लाग्नु भएका काग्रेस नेता केशबराज जोशीले सहयोग जुट्दै गएको बताउदै हाल सम्म आठ लाख ७६ हजार ५५५ रुपयाँ उठेको बताउनुभयो । अझै पनि बिभिन्न ठाउँमा सहयोग जुट्दै गएको र सक्दो सहयोग गरिदिन हुन सबैमा अनुरोध गर्नु भएको छ । उहाँले सुक्रबारमा मात्रै कबिन्द्र भण्डारी कंचनपुर ५० हजार , ग्रिनजोन ई को प्रा.लि २५ हजार ५सय,उद्योग बाणिज्य संघ बझाङ अध्यक्ष दानबहादुर सुर्मेलीले २५ हजार, धर्मराज कोईराल धनगडी २५ हजार,गोदावरी सिंह काठमाण्डौ २४ हजार, ललितराज जोशी धनगडी २० हजार, सुरेन्द्र रावल जनस्वास्थ्य निरिक्षक १० हजार,प्रलाद थापा दुर्गाथली १० हजार,नारायण जेशी सुचना अधिकारी जिल्ला स्वास्थ्य ५ हजार ५ सय ५५ , पदमराज भट्ट जनस्वास्थ्य निरिक्षक बझाङ ५ हजार पद्मा भारति सुर्खेत ५ हजार, मदन सिंह धामी दार्चुला १५ सय गरि दुईलाख १६ हजार ५ सय ५५ रुपयाँ उठेको समेत जोशीले बताउनुभयो । उहाँलाई सहयोग गर्न चाहनुहुने ब्यक्तीले सत्यराज भण्डारी, ग्लोवल आई एम बैंक धापासी शाखा खाता नम्बर ०८०७०१००१२६९३ जम्मा गर्न अनुरोध समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार