काग्रेस नेता भण्डारीको उपचारका लागी सहयोग जुट्दै , बिष्ट दाम्पतीले दिए दुई लाख सहयोग

  खप्तड समाचारदाता  1363 पटक हेरिएको

बझाङ । नेपाली काग्रेसका बझाङका पुर्व पाटी सभापती सत्यराज भण्डारीको उपचारका लागी बिभिन्न ब्यक्तिहरुबाट सहयोग जुटेको छ । जण्डिस तथा पित्त थैलीमा समस्या देखिए पछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनु भएका नेता भण्डारीलाई थप उपचारका लागी दिल्ली लगिएको थियो ।
भण्डारीको उपचारका लागी जयपृथ्बी नगरपालिका १०का वडा अध्यक्ष कृष्ण बिष्ट र उहाँकी श्रीमती पुष्पा बिष्टले दुई लाख , खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले एक लाख, सुर्मा गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले एक लाख , साईपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले एक लाख सहयोग गर्नु भएको छ । त्यस्तै स्वास्थ्य कार्यालय प्रमुख भानु जोशीबाट एक लाख, जिल्ला स्वास्थ्यमा कार्यरत गंगा प्रसाद जोशी बाट ३० हजार , सेती प्रबिधिक शिक्षालयमा कार्यरत सत्यराज रावलबाट १५ हजार, महेश्वरी गिरिबाट १० हजार र संबिधान सभा सदस्य चन्द्रा देबी जोशीबाट ५ हजार गरि ६ लाख ६० हजार सहयोग उठेको यो अभियानमा संचालक नेपाली काग्रेसका नेता केशबराज जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , यस्तो समस्यमा परेका बेला मानबिय धर्म गर्नु सबैको् दायित्व भएकाले सहयोगका लागी अपिल समेत गरिएको छ । ४८ बर्ष सम्म निरन्तर रुपमा नेपाली काग्रेसको राजनितीमा सकृय हुनु भएका नेता भण्डारी बझाङका जानप्रिय नेता हुन् । उहाँको अहिले भारतको गुड गाउं स्थित मेदान्त हस्पिटलमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार