प्रजिअ अधिकारीको पहलमा कालंगा हाईड्रोले दियो १५४ अक्सीजन सिलिन्डर

जिल्लामा अक्सीजनको अभाव नहुने

  खप्तड समाचारदाता  765 पटक हेरिएको

बझाङ । कोरोना संक्रमित बिरामीहरुका लागी अक्सीजन सिलिन्डरको देश भरि अभाव भई रहेका बेला बझाङ जिल्लामा भने अक्सीजन सिलिन्डरको अभाब नहुने भएको छ । आबस्यक मात्रामा अक्सीजन सिलिन्डर र दुई तिन दिन भित्रै अक्सीजन प्लान्ट जोड्ने तयारी हुन थाले पछि कोभिड १९ का संक्रमितका साथै अन्य बिरामीहरुले अक्सीजन नपाएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको जिल्लाका अधिकारीहरुले वताएका छन् ।
जिल्लाको बुंगल क्षेत्रमा संन्चालित काला·ा हाईड्रो संग प्रमुख जिल्ला अधिकारी महोन अधिकारीले समन्वय गरेर एक सय ४६ थान सनिबार र ८ थान यस अगाडी गरि १ सय ५४ थान अक्सीजन भरिएका सिलिन्डर जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताललाई बुझाएको छ । जिल्ला अस्पतालमा यस भन्दा अगाडी ४७ वटा मौजुदा सिलिन्डर रहेको छन् । यो संगै अब जिललामा अक्सीजन अभाब नहुने बताइएको छ । प्रमुख जिल्ला अधिकारी महोन अधिकारीले भन्नुभयो, काल·ा हाईड्रो संग समन्वय गरेर खाली सिलिन्डरहरु काठमांडौ र ईटहरि लिएर भर्न लगाएर ल्याएका हौ , अब जिल्लामा अक्सीजन नपाएर कसैले ज्यान गुमाउनु पर्ने छैन् । उहाँले भन्नुभयो, काडमाण्डौबाट बाहिर जिल्ला सिलिन्डर नलिन्दीने निणर्य सिसिएमसिले निर्णय गरेकाले गृह सचिब संग समन्वय गरेर बल्ल जिल्ला भित्र्याउन सफल भएका छौ ।
कालगा हाईड्रोबाट प्राप्त भएका १ सय ५४ सिलिन्डरहरु हाईड्रोका लगानी कर्ता शिव प्रसाद धिमीरेको पहलमा एभरेष्ट ग्यास कम्पनीबाट अक्सीजन भरेर सनिबार जिल्ला कोरोना संक्रमण ब्यवस्थापन समितीले जिल्ला स्वास्थ्य कार्यालय लाई हस्तान्तरण गरेको छ । अस्पतालमा मौजुदा रहेका ४७ वटा अक्सीजन सिलिन्डर मध्ये केही धनगडी भर्न पठाएको र काल·ा हाईड्रो प्रा.लिबाट अक्सीजन भरेका सिलिन्डर यस अगाडी ८ वटा र अहिले एक सय ४६ प्राप्त भई सकेपछि अक्सीजनको अभाव टरेको जिल्ला अस्पताल बझा·का प्रमुख डा.सन्दिप ओखेडाले बताउनुभयो । उहाँका अनुसार प्राप्त सबै सिलिन्डरहरु जिल्ला र पालिकाहरुमा रहेका बिरामीहरुको अबस्था हेरेर बितरण गरिने बताउनु भयो । अबको दुई तिन दिन भित्रै अक्सीजन प्लान्टको पनि जडान गर्न ठेक्का भएर उपकरण जोड्ने तयारी भई रहेको हुदाँ खाली भएका सिलिन्डर लाई पनि जिल्लामा भर्ने ब्यवस्था हुने हुदाँ अक्सीजनको अभाब नहुने समेत डा. ओखेडाले बताउनुभयो ।
अक्सीजन सिलिन्डरका अभावले बिरामीहरुलाई बाहिरी जिल्ला रिफर गर्नु पर्ने अबस्था थियो । आबस्यक मात्रामा अक्सीजन सिलिन्डर पनि प्राप्त भई सकेका र केही दिन भित्र अक्सीजन प्लान्ट समेत जोडिने भएकाले अक्सीजनका लागी हाम्रो जिल्ला आत्म निर्भर रहेको समेत डा. ओखेडाले भनाई छ । हाल सम्म जिल्लामा ४ हजार ५७ जनाको परिक्षण गर्दा ११ सय ९० जनामा संक्रमण देखिएको छ भने १५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार