बझाङ : आफ्नो २४औँ जन्मदिनको अवसर पारेर छबिस पाथिभेरा गाउँपालिका -३ बस्ने युवा संघ नेपाल जिल्ला कमिटी सदस्य समेत रहेका हिक्मत बोहराले विद्यार्थी बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको छ ।
उहाँले जिल्लाको छबीस पाथिभेरा गाउँपालिका- ३ बान्निकोट गाउँका लगभग ९५ घरधुरीका विद्यार्थी, बालबालिकालाई शैक्षिक सामाग्री बितरण गर्नुभएको हो ।
विश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणले गर्दा सम्पुर्ण बिद्यालयहरु बन्द छन् । पसल व्यापारहरु पनि बन्द छन्, यसै सन्दर्भमा विद्यार्थी,बालबालिका हरुलाई उत्प्रेरित हौसला तथा क्षेमता अभिबिर्दी बढाउने उद्देश ले शैक्षिक सामाग्री बितरण गरेको हुँ उहाँले भन्नूभयो ।
बोहरा यो भन्दा अगाडि पनि जिल्ला का विभिन्न पालिकाका गरिब, पिडित असहाय लाई सहयोग गर्दै आएका थिए ।


736 पटक हेरिएको 









