बझाङ : बझाङमा पोलमा प्रवाह भएको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका वडा नम्बर १ डुडिलका अन्दाजी ५१ वर्षीया उजलीदेवी बोहरा रहनुभएको छ ।
शनिबार बिहान परेको चट्याङले विद्युत तार अड्याउने पिन इन्सुलेटर फुटेर तार पोलमा बसेको हुँदाम करेन्ट प्रवाह भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङले जनाएको छ ।
हावाहुरी चलेकाले शुक्रबार डडेल्धुरा अवरुद्ध भएको र शनिबार बिहान विद्युत लाइन सुचारु गरेपछि डुडिलमा एक्कासी चट्याङ पर्दा बोहराले ज्यान गुमाउनु परेको वितरण केन्द्रको भनाई छ ।


539 पटक हेरिएको 










